प्रदेशसमाज

फेडाेकाे दुई दिन समूह सहजीकरण तथा उत्प्रेरणा सीप तालीम सुरू

चैत ५ , पाेखरा । दलित महिलाको विकास र सामाजिक न्यायका लागि शासन सुदृढीकरण परियोजना अन्तरगतको समूह सहजीकरण तथा उत्प्रेरणा सीप तालीम दलित महिला संघ फेडोले  सुरु गरेको छ ।

पोखरा महानगरपालिकाका ३३ वटै वडाहरुमा भएका महिला संजालको प्रतिनिधित्व हुने गरि तालीम सुरु गरेको हो । तालिममा ३३ वटै वडाका महिला संजालका ३३ जना प्रशिक्षार्थी उपस्थिति रहेका छन । तालिम दुई दिन सम्म चल्ने छ ।

जर्मनको “ब्रेड फर वल्र्ड” संस्थाको रु ७५ लाख १८ हजार ९ सय ३२ आर्थिक सहयोगमा दलित महिला संघ (फेडो) कास्कीले  परियोजना सन्चालन गरेको हो । परियोजनाको अवधि २ वर्षको हुने छ ।   नोभेम्वर २०१९ बाट सुरुभएको परियोजना अक्टोवर २०२१ (२४ महिना) मा सकिने छ ।

Tags
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close