प्रदेश

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम ऐतिहासिक गण्डकी प्रदेश भेला सम्पन्न

रेम वि.क को अध्यक्षतामा १७ सदस्यीय प्रदेश कार्य समिति चयन

माघ १५, पाेखरा , राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम ऐतिहासिक गण्डकी प्रदेश भेला बुधबार सम्पन्न भएको छ । भेलाले रेम वि.क को अध्यक्षतामा १७ सदस्यीय प्रदेश कार्य समिति चयन गरेको छ ।

दलितहरुको आवाजलाइ उजागर गर्नका लागी गठित संघले ऐतिहासीक प्रदेश भेलाले उपाध्यक्षहरू पूर्ण विके (तनहुँ), लोकेद्र सुनार (बाग्लुङ), सन्तोष परियार(कास्की), सचिव डिबी मजाकोटी(लम्जुङ), सहसचिव सूर्य परियार (कास्की), कोषाध्यक्ष लक्ष्मी सुनार( गोरखा), सदस्यहरु लक्ष्मी ल्वागुन, सज्जन सिंह विश्वकर्मा, रामकृष्ण बोहोरा, डिलबहादुर विश्वकर्मा, यम बसेल, नेगम परियार, दयाराम गहतराज, राम सुनार, कामना सुनार, सुरेन कुमार नेपाली सर्वसम्मत चयन हुनुभएको छ साथै दुई जना सदस्य कार्यसमितिबाट मनोनयन हुने अध्यक्ष मण्डलका संयोजक बुद्धिबहादुर विश्वकर्माले बताउनुभएको छ । त्यस्तै भेलाले तीन सदस्यीय सल्लाहकार समिति सर्वसम्मत चयन गरेको छ । सल्लाहकारहरुमा राजेश कुमार सुनाम, भीमबहादुर रसाईली र नरमाया रसाईली रहेको छन् ।

प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले ” आफ्नै वंश भित्र आफ्नै दाजुभाइलाइ किन यस्तो बनाइयो ?” विभेद पुर्ण लडाइमा आवाज उठाउने सर्व्जित भगतले २००३ सालदेखी आवाज अठाएको व्यक्तिको अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।“ मानिसले नै बनाएको हुदा मानिसले नै परिवर्तन गर्न सक्ने र त्यो जरुरी छ, दलित किन भनिएको हो र दलित शव्द किन लेखिने यो विषयमा समेत ध्यान जानु जरुरी छ“ शेरचनले भने “(दलित शव्द किन प्रयोग गर्ने विचार गर्नुस तपाइँहरु नेपालका प्राविधिकका सन्तान हुनुहुन्छ“ ।

दलित शब्दको विषयमा सोच्न आवश्यक रहेको बताउँदै प्रदेश प्रमुख  शेरचनलेदलित समुदाय भनेको सक्षम इन्जिनियरको सन्तान भएकाले दलित भन्दै आफूलाई अपमानित महशुस नगर्न  समेत आग्रह गरे ।   नेपालमा धेरै जातहरू नभई दुईवटा जातहरू एउटा पुरूष र अर्को महिला मात्र रहेको सबैले बुझ्न पर्ने बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष एवं संविधान सभा सदस्य विनोद पहाडीले दलित समुदायको पत्रकार एवं सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागी विभिन्न तालिम, गोष्ठी, सेमिनार लगायतको कार्यक्रमहरू केन्द्रले संचालन गर्ने  बताएछ । राष्ट्रिय दलित पत्रकार संघ नेपाललाई नेपालकै नमूना संस्था बनाउने समेत केन्द्रीय अध्यक्ष पहाडीले उद्घोष गरे ।

पारिश्रमिक निर्धारण समितीका निवर्तमान अध्यक्ष गंगाधर पराजुलीले कानुनले जातीय विभेद हटाएपनी मानिसहरुले व्यहारमा लागु नगरेको बताए । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले प्रदेश समिती गठन गर्दै गर्दा केको लागी गठन गर्नलाग्को भुझ्न आवश्यक रहेको बताए । पार्टीगत हिसाबले गठन गर्दा मुल आवाज जे हो त्यो आवाज कुण्ठित हुँदै आएको बताउदै निस्वार्थ भावनाले समिती गठन गर्न आग्रह गरे ।

राजनीति पार्टीको एजेन्डाको रुपमा लागे दलित उत्थान नहुने बताए । कानुनले बिभेद नभएपनी व्यहारमा लागुगर्न आवश्यक रहेको बताए । ज्ञवालीले संसदमा मिडिया विधेयक सच्याएकोमा धन्यवाद समेत व्यक्त गरे । संघीय समाजवादी पार्टी केन्द्रीय सदस्य डि वि नेपालीले पत्रकारिताको क्षेत्रमा राजनिती नगरी दलित हकहितको लागी पत्रकारिता गर्न आग्रह गरे ।

कार्यक्रममा  गण्डकी प्रदेशका सांसदहरू दोबाटे विश्वकर्मा, जुनादेवी नेपाली, राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराईली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, ब्रोडकाष्टिङ एशोसियसन नेपाल ( बान)का केन्द्रीय महासचिव दुर्गा अधिकारी, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य बुद्धिबहादुर विश्वकर्मा, रिता बुढाथोकी,  पत्रकार महासंघका गण्डकी प्रदेश अध्यक्ष तथा प्रेस संगठनका गण्डकी प्रदेश सहसंयोजक त्रिभुवन पौडेल लगायतले आफ्नो धारणा राखेका थिए

सृजनाचाेकबाट पत्रकार महासंघ कास्कीकाे भवन सम्म शान्ति र्याली  गरीएकाे थियाे ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेश इन्चार्ज दीपक परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ सय जना दलित समुदायको पत्रकार एवं सञ्चारकर्मीहरूको प्रतिनिधित्व रहेको थियो ।

Tags
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close