प्रदेशसमाज

“आवाज”मा११ सदस्यीय कार्यसमिति चयन

जातीय छुवाछुत तथा सामाजिक विभेदको सिमा तोड्ने कार्य समितिको प्रतिबद्धता

साउन २४ पोखरा , विभेद बिरुद्द अभियान “आवाज” ले सपथग्रहण कार्यक्रम सम्पन्न गरेको छ । पोखराको बगालेटोल स्थित संस्थाको कार्यालयमा आज एक औपचारीक कार्यक्रम गरी संस्थाका कार्य समिति सदस्यहरुले सपथग्रहण गरेका हुन् ।

प्रकाश सुनारको अध्यक्षतामा रहेको ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष–शर्मिला सुनार,बाबुराम नेपाली सचिव, सन्तोष सुनार कोषाध्यक्ष तथा सह–सचिव – अनिल विश्वकर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा विजय परियार, अनु गहतराज, अनिल नेपाली, अर्जुन परियार, सोभा अधिकारी र रवि बराईली तथा सल्लाहकारमा अनन्त गौतम रहनु भएको छ ।

कार्यक्रममा आफ्ना भनाईहरु राख्ने क्रममा संस्थाका अध्यक्ष सुनारले संस्थाले विभिन्न सामाजिक कुरिति विरुद्धमा आवज वुलन्द गर्ने तथा विभेद र अन्यायमा परेका समुदायहरुको आवजलाई आफ्नो आवाज बनाएर अगाडी बढाउने कुरा बताउनुभयो । साथै सम्पुर्ण समितिका सदस्यहरूले पनि समाजमा रहेको जुनै विभेदलाई पनि हटाउने कार्यमा आफुहरु लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

“आवाज” गएको असारमा क्रियासील युवाहरुको संलग्नतामा “समानताको लागी आवाज” भन्ने मुल नाराका साथ जातीय छुवाछुत तथा सामाजिक विभेद अन्त्यका लागि स्थापना भएको संस्था हो ।

Tags
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close