फिचर

कोरोना भाईरस : जनमानसमा यसको त्रास र रोकथाम को लागी सरकारको फितलो प्रयास

सराेज अर्याल ।  २३ फागुन  २०७६ पाेखरा, छिमेकी मूलूक चीनको बूहान प्रान्त बाट सूरू भयको कोरोनाको प्रकोप विश्वका करिब ८० देश हरूमा फैलियको छ । चीनमा कोरोनाको संक्रमण केहि नियन्त्रण भएपनि यसको संक्रमण अन्य देशहरूमा तिब्र रूपमा फैलिरहेको छ ।

कोरोना भाईरसको त्रास

विश्व भरी आतंक फैलायको कोरोनाका कारण कतिपय देशहरूले संकटकाल नै घोषणा गरेका छन भने कतिपय देश हरूले शैक्षिक संस्था सार्बजानिक यातायात कलकारखाना उध्योगधन्दा सबै बन्द गरेका छन ।

विश्व भर संक्रमित को संख्या ९४,२३९ रहेको छ भने ३,२१९ जनाको मृत्यु भएको छ । ५१,१८८ जना निको भएका छन् भने सामान्य केश ३३,०५७ जटिल केश ६,७५५ रहेको छ ।

विकशित मूलूकहरूले समेत यसको औषधी पत्ता लगाउन नसकिरहेको अबस्था छ। यदि नेपालमा यो भाईरस प्रवेश भयो भने यसले ठूलो महामारी फैलन सक्क तर यसको सॅक्रमण भन्दा पनि कमजोर मानसिकताले रोगलाई थप संक्रमण गर्न सजिलो हुने देखिन्छ । यसको औषधी नभए पनि संक्रमण हुनबाट रोकिन आफु सजक रह्यो भने अबश्य सकिन्छ । भाईरसको संक्रमण भन्दा बाहिरी हल्लाले मानिस थप आतङकित भयको देखिन्छ । हाल सम्म विश्वभर ९४,२३९ जनामा संक्रमण  देखिएको छ । ३,२१९जनाको मृत्यु छ । त्यस्तै निको हुनेको संख्या ५११८८ रहेको छ भने सामान्य केश ३३,०७५ जनामा र  जटिल केश ६,७७५ जनामा रहेको छ यो तथ्याङ्क ले के देखाउछ भने यो भाईरस ले प्रवेश गर्नि बित्तिकै मृत्यु हुने होईन तर हामी सजक हुन जरूरी छ।

कोरोना भाईरसको रोकथामको लागि सरकारको फितलो प्रयास

विश्वका बिभिन्न देशहरूले आफ्ना नागरिकलाई देश बाहिर जान वा अरू देश का नागरिकलाई आफ्नो देश मा प्रबेश गर्न रोक लगाउनूका साथै सार्वजनिक स्थल मा हिडडूल गर्न समेत रोक लागाएको छ । तर बिश्व स्वस्थ्य सॅगठन (WHO) ले समेत उच्च जोखिममा राखेको नेपालमा भने निर्बाद रूपमा बिभिन्न देशका नागरिकहरू भित्रने र बाहिरिने गरिरहेका छन। गत बिहिबार बिहान करिब आठ बजे म सहित केही साथिहरू रूपन्देहीके बेलहिया नाका पगेका थियौ हामी त्यँहा पूग्दा बिभिन्न देश का पर्यटक हरू नेपाल प्रवेश गर्न भिजाको प्रकृया मिलाउन यत्रतत्र छरियका थिए केहि भियतनाम , श्रीलंकासंगै ईटालियन र उरूवेका पर्यटकहरू देखिन्थे । ईटालिमा हाल सम्म १०७ जनाको कोरोना भाईरसको संक्रमणले मृत्यु भइ सकेको छ ।

अध्यागमन कार्यलय अगाडीको प्रतिक्षालयमा रंगिबिरङ्गी पोष्टरहरू थिए । जसमा लेखियको थियो । कोरोना भाईरसबाट बच्ने उपायहरू र संगै टूरिष्ट हेल्पडेक्स थियो । जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले  राखेको उक्त टूरिष्ट हेल्पडेक्स खालि थियो।  भने पर्यटकको भिडभाड निक्कै थियो । यो सबै देखेपछी हामीले एउटा रिपोर्ट बनाउने निधो गर्यौ र हामी गयौ । अध्यागमन कार्यलयमा र सोध्यौ हेल्प डेक्स मा पर्यटकको घूँईचो छ तर कर्मचारी कोही छैन एक कर्मचारी झर्किदो स्वरमा भने आउदैछ ,केही समय पछी एक यूवा आय र पर्यटकको नाम ठेगाना र उमेर सोधेर पठाउन लागे उनले नछूटाई सबै लाई सोधेको एउटै प्रश्न (You have any problom in your health) तपाई लाई स्वस्थ्यमा केही समस्या छ सबैको एउटौ उत्तर आउँथ्यो “नो” । हामी करिब दूई घन्टा जति बस्दा सयौ पर्यटक आय गय ति मध्ये आठ जना ईटालियन नागरिक भेटियो तर अध्यागमनले निर्बाद रूपमा भिजा दिइरहेको देखिन्थ्यो । स्वस्थ्य जाँचको नाममा राखियको हेल्प डेक्स मा नाम ठेगाना र उमेर सोध्ने बाहेक अरू कूनै प्रक्रिया नदेखेपछी हामी पुग्यौ अध्यगमन कार्यालय बेलहियाका प्रमूख गिरीराज खनालको कार्यकक्षमा तर उनले आफुसंग सामान्य ज्वरो नाप्ने बाहेक अरू उपकरण नभयको र पर्यटक हरूले आफू स्वस्थ छु भनेकाले त्यतीकै छोडिदियको बताए ।

 

सरकारले सबै नाकाहरूमा कडाई गरेको भन्ने दाबिगरिरहे पनि सामान्य सोधपूछले मात्रै दोस्रो मूलूक बाट आउने पर्यटक हरूमा कोरोना भाईरस संक्रमण छ/छैन भन्ने अनूमान लगाउन सकिदैन यसको लागी समय मै सम्बन्धित निकायको ध्यान पूग्न जरूरी देखिन्छ । यदी त्यसो नहुने हो भने नेपाल जस्तो अविकसित राष्ट्र मा कोरोना को संक्रमण महामारीको रूपमा फैलने देखिन्छ ।

Tags
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close