प्रदेश

७ औं पेक टेक्निकल एक्स्पो २०७६ अन्तिम चरणमा

प्रर्दशनी फागुन १ र २ गते हुने

२८ माघ, पोखरा । पोखरा ईन्जिनियरिङ कलेजले आगामी फागुन १ र २ गते पेक टेक्निकल एक्स्पो २०७६ आयोजना गर्ने भएको छ ।

पोखरा ईन्जिनियरिङ कलेजले हरेक वर्ष कलेजले अन्तिम सेमिस्टर र अन्य सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुद्धारा सृजना गरिएका प्रोजेक्टहरुलाई सार्वजानिक गर्ने उद्देश्यले पेक टेक्निकल एक्स्पो आयोजना गर्दै आएको र निरन्तरता दिने क्रममा यस वर्ष ७ औं पेक टेक्निकल एक्स्पो २०७६ गर्न लागेको आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हाे ।

विद्यार्थीहरुको सृजनालाई सार्वजानिक गरेर ऊनीहरुमा थप हौसला र उत्प्ररण प्रदान गर्नुका साथै त्यसको प्रर्वद्धनमा पनि मद्दत पुग्ने हुनाले पेक टेक्निकल एक्स्पो आयोजना गरी सबै वर्गका व्यक्तित्व , विद्यार्थी र अभिभावकहरुलाई अवलोकन गराउने गराउने प्रयास गरेको कलेज प्रशासनले बताएको छ।
सुरक्षाको दृष्टीकोणले संवेदनशिल क्षेत्रहरुको लागि अति उपयोगी साबित हुने Space Robot , Face Recognition र Speech Recognition जस्ता प्रविधिहरु लगायतका करिब ४० वटा प्रोजेक्टहरु प्रदर्शनीमा राखिने भएको कलेजका रिसर्च विभाग प्रमुख सरोज गिरीले बताए । उनका अनुसार उक्त कार्यक्रममा पोखरा क्षेत्रमा रहेका आइटि कलेजहरुबीच अन्तर कलेज सफ्टवेयर प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका विजेतालाई १० हजार र उपविजेतालाई भने नगद ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । पोखरा क्षेत्रमा आइटि सम्बन्धि ११ वटा कलेजहरु रहेका छन् ।

प्रर्दशनी यहि फागुन १ र २ गते पोखरा ईन्जिनियरिङ कलेज प्रङ्गणमा हने भएको छ ।

Tags
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close