प्रदेश

दिवंगत पौडेलको परिवारलाई लेखनाथ उद्योग बाणिज्य संघद्धारा आर्थिक सहयोग

लेखनाथ,१० माघ । लेखनाथ उद्योग बाणिज्य संघले आफ्नो ब्यवसायी सदस्य स्वर्गीय देवि माया उप्रेती पौडेलको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
संघको ब्यवसायी सदस्य भएर पोखरा २६ को बुढिवजारमा देवी खाजा घर संचालन गर्दै आएकी पौडेलको गत पुस २ गते ४९ वर्षको उमेरमा असामायीक निधन भए पछि संघले स्थापना गरेको राहत कोषबाट शुक्रवार ५० हजार रुपैंया आर्थिक सहयोग गरेको संघले जनाएको छ ।
पोखरा २७ गच्छा फाँटमा बसोवास गर्दै आएकी स्वर्गीय पौडेलको परिवारलाई लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष वलराम ढकाल, पुर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी, महासचिव गोपिचन्द्र वास्तोला लगायत कार्यसमितिका सदस्य र ब्यवसायीहरुको उपस्थितीमा स्वर्गीय पौडेलका श्रीमान कृष्ण प्रसाद पौडेललाई उक्त रकम हस्तान्त्रण गरिएको हो ।
संघले ब्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्यको मृृत्यु भएकामा पचाँस हजार रुपैँया र ब्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार रुपैँया आर्थिक सहयोग गर्दै आएको छ । यस अघि संघकम कार्यसमिति सदस्य सरोज अधिकारी र हरि प्रसाद पौडेलको परिवारलाई पनि संघले ५०÷५० हजार रुपैँया आर्थिक सहयोग गरेको थियो ।
स्रोत : ले.उ.वा

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close