राष्ट्रियसमाज

देशमा घटिरहेका असामाजिक घटना प्रति जात ब्यवस्था उन्मुलन मोर्चाको आपत्ति

देश भरी बिरोध कार्यक्रम

असोज १५ , पोखरा : बझाङमा बलात्कारपछि हत्या भएकी १२ बर्षकी बालिका सम्झना वि.क ( कामी ) लगायत देश भरि जात ब्यवस्थामा आधारित घटेका घटनाहरूको बिरोध गर्दै बैज्ञानिक समाजबादी पार्टी नेपाल जात ब्यवस्था उन्मुलन मोर्चाले आज देशै भर धर्ना तथा बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।

आज काठमाडौं , धनगडी , सुर्खेत , कास्की ,मकवानपुर , धनुषा , बिराटनगर , सोलुखुम्बु , उदयपुर, धनकुटा , झापा , सिन्धुली , बझाङ , दाङ , डोटी , बाजुरा र अछाम गरि सत्र वटा जिल्लामा एकै दिन विराेध कार्यक्रम गरेको हो । कार्यक्रम जिल्ला प्रशासन, नगर पालिका तथा मुख्य मन्त्रीको कार्यलय अगाडि गरिएको थियो ।

कास्कीमा

बलात्कारपछि हत्या भएकी बालिका सम्झना बि क को घटना लगायत देशमा भइरहेका शृङ्खला बद्द भइरहेका हत्या,हिंसा र बलत्कार तथा जातिय विभेदका घाटनाको बिरोध जात ब्यवस्था उन्मुलन मोर्चा गण्डकी प्रदेश समितिले पनि जनाएको छ । कास्की जिल्ला प्रशासन कार्यलय अगाडि एक घण्टा धर्ना तथा हत्या,हिंसा ,बलत्कार तथा जातिय विभेद विरुद्धको नारा लगाएर बिरोध गरेका हुन ।
कार्यक्रममा बोल्दै मोर्चाका गण्डकी प्रदेश संयोजक यम रसाइलीले यस्ता घटना घट्नाले समाजमा दानवत्तो बढी रहेको आकलन गर्न सकिने बताउनु भयो । स्थानीय , प्रदेश र संघ सरकारले बलात्कार र जात ब्यवस्थाका घटनामा नजर अन्दाज गर्दै आएको भन्दै ध्यानाकर्षण गर्न अपिल गर्नु भयो । कार्यक्रममा मोर्चाका प्रदेश समितिका सदस्यहरु सहित अन्य युवाहरू पनि सहभागिता थियो ।

बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नम्बर २ मा यहि असोज ७ गते सम्झना बि क को बलात्कारपछि हत्या भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close