प्रदेशसमाज

फेडो कास्कीकाे दुइ दिने समूह सहजीकरण तथा उत्प्रेरणा सीप तालीम सम्पन्न

चैत ८ पाेखरा । दलित महिला संघ फेडो कास्कीले दलित महिलाको विकास र सामाजिक न्यायका लागि शासन सुदृढीकरण परियोजना अन्तरगतको समूह सहजीकरण तथा उत्प्रेरणा सीप तालीम विहीबार सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिकाका ३३ वटै वडाहरुमा भएका महिला संजालको प्रतिनिधिहरु तालिममा सहभागी भएका थिए । तालिम समापनको क्रम परियोजनाका संयोजक खेम राज बिश्वकर्माले तालिममा सहभागी हुनु ठुलो कुरा नभई तालिमबाट सिकेको ज्ञान सीप लाइ सन्जालमा भएका अन्य महिलाहरुलाई पनि जानकारी गराइ परियोजनाको अपेक्षा अनुसारको लक्ष्य लिएको बताउनु भयो ।

तालिमबाट आफुहरुले नि धेरै कुराको ज्ञान पाएको र सिकेको कुराहरु आफ्नो ब्यवहारमा लागु गर्ने र समाजमा पनि सिकाउने प्रशिक्षार्थीहरुले जनाए । 

जर्मनको ब्रेड फर वर्ल्ड नामक सस्थाको आर्थिक सहयोगमा दलित महिला संघ फेडो कास्कीले परियोजना सन्चालन गरेको हो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close