Uncategorized

१२ विद्यालयका ७७ विद्यार्थीलाई छात्रवृत्ती

२०७६ बैशाख २२ पोखरा,
पोखरा महानगरपालिका वडा नं. २३ मा शैक्षिकसत्र २०७५ मा उत्कृष्ट अंक हाँसिल गरि पास भएका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ । वडामा भएका १२ वटा सरकारी विद्यालयका ७७ जना विद्यार्थीलाई सम्मान स्वरुप पञ्चासे दलित समाजले शैक्षिक सामाग्री छात्रवृत्ती प्रदान गरेको हो । वडा कार्यलयको आर्थिक सहयोगमा पञ्चासे दलित समाजले शनिबार श्री सिद्ध बराह मा.वि.मा एक कार्यक्रमको आयोजना गरि छात्रवृत्ती वितरण गरेको हो । छात्रवृत्ती उत्कृष्ट अंक हाँसिल गर्ने श्री सिद्ध बराह मा.वि. ठुलाखेतका ५३ जना , हर्पनकोट मा.वि. दमदमेका ४ जना , श्री सिद्ध बराह आधारभुत विद्यालय ठुलाखेतका ३ जना श्री सेतु बाराही आधारभुत विद्यालय चैनपुरका २ जना , जनसिद्ध आधारभुत विद्यालय हर्पनका २ जना ,सिदाने आधारभुत विद्यालय सिदानेका २ जना , पञ्चकोशी आधारभुत विद्यालय औसेलुचौरका २ जना, चापाकोट आधारभुत विद्यालय चापाकोटका २ जना , पिपलडाली आधारभुत विद्यालय बराङका २ जना फेवा आधारभुत विद्यालय मार्कीका २ जना , जन्मभुमि आधारभुत विद्यालय बाम्दीका २ जना र मकान्न देवि देउराली आधारभुत विद्यालय मकावनपुरका १ जना गरि ७७ विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको पञ्चासे दलित समाजका अध्यक्ष जीवन कुमार सुनारले जानकारी दिनुभयो ।
कार्यक्रमा प्रमुख अतिथि रहनुभएका वडा अध्यक्ष बिष्णु प्रसाद पराजुलीले उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ती तथा सम्मानले थप हौसला प्रदान गर्ने बताउनुभयो । त्यस्तै वडा सदस्य यमकुमारी सुनारले शिक्षा नै समाज रुपान्तरण प्रमुख तत्व भएको पनि बताउनुभयो । लामो समय देखि श्री सिद्ध बराह आधारभुत विद्यालयमा अध्यापन गराइरहनुभएका शिक्षक अर्जुन सुनारले यो एउटा सम्मानले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने र आगामी दिनमा यस्ता कार्यक्रम पञ्चासे दलित समाजले अझै सञ्चालन गर्दै अगाडी बडोस भन्दै शुभकामना दिनुभएको थियो ।
श्री सिद्ध बराह मा.वि.मा.को प्रङगणमा भएको कार्यक्रममा पञ्चासे दलित समाजका अध्यक्ष जीवन कुमार सुनार सभापतित्वमा भएको थियो भने सहसचिव बिष्णुमाया सुनारले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close