प्रदेश

स्थानियको सक्रियतामा दुई ट्रक गाँजा नस्ट

पोखरा १ भाद्र , पोखरा महानगरपालिका वडा नं. २३ ठुलाखेतमा गाँजा फडानी गरिएको छ । शनिबार सामुदायिक प्रहरी  र स्थानीयहरुको सहभागितामा गाँजा फडानी गरेको पन्चासे दलित समाजका अध्यक्ष जीवन कुमार सुनारले जानकारी दिनुभएको छ ।

वडाको ठुलाखेत टोलमा मात्रै दुई ट्रक गाँजाको बिरुवा हरु फडानी गरेको सामुदायिक प्रहरीका असाइ कृष्ण बहादुर बि क ले बताउनुभयो ।

लागू औसधको प्रयोगले समाजमा रहेको शान्ति ,सुव्यवस्था खलबल पर्ने साथै प्रयोग गर्ने ब्यक्ति र परिवारलाई  पनि मानसिक तथा शारीरिक रूपमा प्रत्यक्ष असर गर्ने कुरा टोल सुधार समितिका अध्यक्ष सुर्य प्रसाद भण्डारीले उल्लेख गर्नुभएको थियो ।

 गाँजा फडानी गरिसके पछि एकै ठाउँमा जम्मा गरि जलाएर नस्ट गरिएको छ  । वडा अध्यक्ष विस्णु प्रसाद  पराजुली को प्रमुख आतिथ्य ,जीवन कुमार सुनारको सयोजकत्व र सामुदायिक प्रहरीका असाइ कृष्ण बहादुर बि।क। को नेतृत्वमा भएको कार्यक्रममा पचास जना भन्दा बडि स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।

TieLabs HomePage

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close