प्रदेश

विश्वकर्मा कल्याण समाज पोखराद्वारा कल्याणकारी अक्षकोष स्थापना

युवा तथा खेलकुद बिकास मन्त्री विश्वकर्मा द्वारा आजीवन सदयता ग्रहण

विश्वकर्मा कल्याण समाज पोखराले शनिबार पोखरामा एक कार्यक्रम आयोजना गरी विश्वकर्मा कल्याणकारी अक्षकोष स्थापना गरेको छ ।

१२५ जना आजीवन सदस्यीय समितिबाट १२ लाख ५८ हजार ५०० रकम मुक्तिनाथ बिकास बैंकको खातामा जम्मा गरि कल्याणकारी कोषस्थापना गरेको विश्वकर्मा कल्याण समाजका अध्यक्ष मान बहादुर लाम्गादे बताउनुभयो। कला र सीपका माध्यमबाट आफुहरुले समाज बिकासमा योगदान गर्दै आए पनि दलित भनी अत्यन्तै पिडा लिइ जिउन बाध्य भएको , भेदभावको दुःखद् घटनाको शिकार बन्नुपरेको र अझै पनि कुसंस्कारबाट मुक्त हुन नसकेको बताउनुभयो । साथै मृत्यु परन्त अन्तिम सस्करमा पनि आफू हरुले जातिय विभेद भोग्नुपरेको भन्दै पोखरा वडा न १८ को धारापानीमा बहुउद्देश्यीय भवनको निर्माण गर्ने कुरा पनि बताउनुभयो ।

कार्यक्रममा कोषका कोषाध्यक्ष राम बहादुर बि क बराइलीले विश्वकर्मा कल्याणकारी कोषको पैसा आगमी दिनमा बडाउदै लाने साथै ब्याज रकमबाट असाह्य अशक्त कमजोर आर्थिक स्थिति भएका विश्वकर्माहरुलाइ सहयोग गर्ने बताउनु भयो। कार्यक्रममा गण्डकी प्रदेशका सासद पुस्पा के सि भण्डारी , गण्डकी प्रदेशका सासद राम्जी बराल जीवन , गण्डकी प्रदेशका सासद एवं नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीले आफूहरु पनि दलित आन्दोलनको सहयात्री भएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद बिकास मन्त्री माननीय जगत बहादुर विश्वकर्माले समाज परिवर्तनलाई अंकुश लगाएर जगडेको जातीय ब्यवस्थाले सिङ्गो देश बिकासमा पनि असर गरेको बताउनु भयो। विश्वकर्मा कल्याणकारी कोषमा आजीवन सदयता ग्रहण गर्दै उहाँले विश्वकर्मा कल्याणकारी कोषबाट विश्वकर्मालाई मात्र नभइ सम्पूर्ण मानव कल्याणका लागि सहयोग गर्ने उदेश्य बनाई अघि बढे समाज परिवर्तनको गति तीब्र हुने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा विश्वकर्मा समाज नेपालका केन्द्रीय अध्यक्ष गणेश बराइली , दलित समन्वय समिती कास्की अध्यक्ष दुर्गा बहादुर सुनार लगाएतका बक्तहरुले शुभकामनाका साथै आफ्नो धारणा राख्नु भएको थियो ।

विश्वकर्मा कल्याण समाजका अध्यक्ष मान बहादुर लामगादेको सभापतित्वमा भएको उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष भिम बहादुर बि क ले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सस्थाका महासचिव दिपक घिमिरेले गर्नुभएको थियो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close