प्रदेश

धादिङ्ग पारिवारिक समाज लेकसाईड पोखराको तेस्रो अधिवेशन तथा छैटौं साधरण सभा सम्पन्न

माधव लम्सालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन

पुस ५  पोखरा १७ महतगौंडामा धादिङ्ग पारिवारिक समाज लेकसाईड पोखराले तेस्रो अधिवेशन तथा छैटौं साधरण सभा मैत्रीपुर्ण वनभोज कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।
धादिङ्ग जन्मथलो रहेर पोखराको विशेष गरि लेकसाईडलाई कर्मथलो बनाउँदै बिभिन्न पेसा र ब्याबसाय गरेर बसिरहेका धादिङ्गेहरु २०७२ देखि पारिवारिक समाज लेकसाईडका रुपमा एकसुत्रमा बाँधिएको धादिङ्ग पारिवारिक समाज लेकसाईड पोखराका सदस्य सरोज अर्यालले बताउनू भयो ।
धादिङ्गकै अग्रणी संस्था धादिङ्ग पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्ण बहादूर लम्सालले पोखरालाई कर्मथलो बनाउँदै करिब ४५००० धादिङ्गेहरु रहेको अध्यक्ष लम्सालले बताउनू भयो ।सांगठनिक स्वरुपमा रहेर कार्यक्रमले भातृत्व तथा आत्मियता बड्ने औंल्याउनुभएको छ । लेकसाईडमा मात्रै ४३ भन्दा बढी परिवारहरु स्थायी वा अस्थायी रुपमा रहदै आएको भन्दै सचिव कुमार आर्चायले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै आगामी दुई बर्षका लागि ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । माधव लम्सालको अध्यक्षतामा कार्यसमिति चयन गरेका हो । समितिको उपाध्यक्षमा कुमार आचार्य , सचिवमा टिकाराम लम्साल , कोषाध्यक्षमा टिका बहादुर लम्साल  (दिनेश) ,सह सचिवमा वविता मल्ल (ईटानी) , सदस्यहरुमा सुशिल ढकाल , जगत नारायण श्रेष्ठ , रामहरि भट्ट राम कुमार श्रेष्ठ , सरोज अर्याल र राजन श्रेष्ठलाई चयन गरेका हो ।
नवर्निवाचित कार्य समितिलाई पारिवारिक समाजका सल्लाहाकार कृष्ण कुमार श्रेष्ठले सपथ खुवाउनु भएको थियो ।

वविता मल्लको संयोजकत्वमा भएको तेस्रो अधिवेशन तथा छैटौं साधरण सभा कार्यक्रममा ईश्वरकुमार श्रेष्ठ अध्यक्ष रहनुभएको थियो भने कुमार आर्चायले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close