प्रदेश

बार्षिक उत्सबको अबसरमा वृद्व वृद्वालाई भेटघाट तथा सम्मान

सरोज अर्याल असार २२ पोखरा , नेपाल यातायात स्वतन्त्र मजदूर सककगठन तरकारी फलफूल ढूवानी ईकाईद्वारा आफ्नो उन्नाईसौ बार्षिक उत्सबको अबसरमा आइतबारपोखरा १७ छोरोपाटनमा रहेको मानवसेवा आश्राम मा रहेका ९५ जना वृद्व वृद्वाहरूलाई खाना खूवाउने काम सम्पन्न गरेको छ।
कार्यक्रम मा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदूर संगठन गण्डकी प्रदेश सहसचिव तथा तरकारी फलफूल ढूवानी ईकाईका ईन्चार्ज मेघ बहादूर न्यौपानेले यस्ता सामाजिक र सेवा मूलक काम गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको र आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताउनु भएको छ । ईकाईले प्रत्येक महिना रू ५०० को दरले मानव आश्रम को नाममा छूट्याईएको एक मूष्ट रकम रू ६००० उक्त आश्रामका प्रमूख होमनाथ तिमल्सेनालाई हस्तान्तरण गर्दै आगामी दिन हरूमा पनि यो कार्यलाई निरन्तरता दिने बताउनुभएको हो । “हामी हरूले जस्तै प्रत्येक संघ सस्थांहरूले कम्तिमा एक छाक खाना वा खाजा मात्रै बितरण गर्न सके पनि यि बूढा बूढी बा आमा को आर्शिवाद सधै लाग्ने छ” ईन्चार्ज न्यौपाने ।
कार्यक्रम मा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदूर संगठन फलफूल तरकारी ईकाईका अध्यक्ष अर्जून भूजेलले आफू आज आफ्नौ गाँउमा रहेको र आफ्नै बाआमासंग रहेको जस्तै अनूभूती भएको बताउनू भएको थियो ।आश्रामका उपप्रमूख राजन सापकोटाले संगठनको कार्यप्रती आफू अत्यन्तै खुशी रहेको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनू भयो।
समाजका बिभिन्न प्रतिष्ठित व्यक्तित्व साथै विभिन्न सञ्चारमाध्यममा आबद्व पत्रकारहरूको समेत उपस्थिती रहेको कार्यक्रम नेपाल यातायात स्वतन्त्र मजूर संगठन केन्द्रिय सचिव कृष्ण पराजूलिको प्रमूख आतिथ्यता भएको थियो भने कार्यक्रम सञ्चालन ईकाईका सचिव भेषराज अधिकारीले गर्नुभएको थियो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close