प्रदेशसमाज

नागढुंगा विकास समाजमा कृषि उपज संकलन तथा बिक्रि सहजिकरण केन्द्रको स्थापना

अर्गानिक तरकारी समुदाय स्तर सम्म पुर्याउने

साउन २३ पोखरा , पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगा विकास समाजले कृषि उपज संकलन तथा बिक्रि सहजिकरण केन्द्रको स्थापना गरेको छ । आज एक कार्यक्रम गरि कृषि उपज संकलन तथा बिक्रि सहजिकरण केन्द्रको स्थापना गरेको जानकारी गराएको हो ।
वडा नं. ८ नागढुंगा वरिपरिका घरहरुका छतहरु लौका, घिरौला, करेला, भिन्डी खुर्सानी लगायतका तरकारी वालिले हरियाली देखिन्छ । आफुहरुले उत्पादन गरेको अर्गानिक तरकारी घर प्रयोग गर्ने र बढी उत्पादन भएको अन्य समुदाय स्तर सम्म पुर्याउने उद्देशयले समाजले कृषि उपज संकलन तथा बिक्रि सहजिकरण केन्द्रको स्थापना गरेका संस्थाका अध्यक्ष डम्बर राज सुबेदिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“ हामीले नागढुंगा विकास समाज नामको फेसबुक पेज मार्फत उत्पादन भएको वस्तुको जानकारी दिन्छौं । इच्छुक उपभोक्तले हेरेर खरिद गर्न सक्नु हुन्छ । अझ उपभोक्तले स्वयं बोटबाट टिपेर ताजा तरकारी उपभोग गर्न सहजिकरण गर्ने छौं ।”
प्रमुख अतिथी वडा नं. ८ का अध्यक्ष रुद्र बरालले नागढुंगा विकास समाजले गर्ने हरेक काममा वडाले संधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै पोखरा महानगरपालिका कृषि महाशाख प्रमुख मनोहर कडारियले नागढुंगा विकास समाजले कौशी खेतिमा लागि उदाहरण बनेको भन्दै प्रसंशा गनुभयो । कडारियले भन्नु भयो ,“ उत्पादित फोहोरलाई बर्गिकरण गरी सदुपयोग गर्न सकिन्छ , कुहिने फोहेरलाई कौशी खेतिमा कम्पोस्ट मलका रुपमा प्रयोग गर्न सकिन्छ । ”
विगत पन्ध्र वर्ष देखि कौशी खेति गर्दै आउनुभएकी वडा नं. ८ कृषि सञ्जालकी अध्यक्ष सरस्वती थापाले भने उहिलेका नाकाबन्दी देखि अहिलेको कोरोना माहामारीको बेलामा आफैले उत्पादन गरेको तरकारी उपभोग गर्दा बजार बन्दले असर नगर्ने बातउनुभयो । साथै आफैले तरकारी उत्पादन गर्दा आय गर्न सकिने आर्थिक बचत गर्न सकिन र समयको पनि सदुपयोग हुने बातउनुभयो ।
संस्थाका अध्यक्ष डम्बर राज सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्याम बहादुर श्रेष्ठले सञ्चालन गनुभएको थियो ।

Tags
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close